अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट विजयी

२१ माघ २०७६, मंगलवार १६:५९
 

सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट एघार ३७ रनले विजयी भएको छ । ११२ रनको लक्ष्य पछ्याएको अमेरिका ७४ रनमा समेटिएको थियो । बुधवारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल, ओमान र अमेरिकाबीचको आईसीसी विश्वकप लिग २ अघि मंगलबार अभ्यास खेल आयोजना गरिएको हो ।
मुलपानी मैदानमा नेपाल प्रेसिडेन्ट ११ ले दिएको ११२ रनको सामान्य लक्ष्य पूरा गर्न अमेरिका असफल रह्यो । नेपालले पहिला ब्याटिङ गर्दै ३३.५ ओभरमा १११ रन बनाएको थियो । नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा सुवास खकुरलेलले ५२ रनको अविजित अर्धशतकीय पारी खेले । ८९ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे ।
यस्तै पवन सर्राफले १९ रन जोडे । बाँकी खेलाडी एकपछि अर्को रुपमा आउट भए । १५ रनमा पहिलो विकेट गुमाएको नेपाल ११ ले २४ रनमा दोस्रो तथा ६९ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । ८१ रन बनाउँदा पाँच विकेट खेर फालेको नेपाल अन्ततः एक सय ११ रनमा अलआउट भयो ।
११२ रनको लक्ष्य पछ्याएको अमेरिकाको सुरुआत पनि राम्रो हुन सकेन । ३ रन हुँदा पहिलो विकेट गुमाएको अमेरिकाले ३९ रन बनाउँदा ७ विकेट खेर फालेको थियो । अमेरिकाका स्टेभन टेलरले २८ तथा तिमिल पटेलले २० रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाएनन् । अमेरिका अन्ततः ३३.२ ओभरमा ७४ रनमा रोकियो ।
अमेरिकालाई सस्तैमा समेट्ने क्रममा नेपालका शेर मल्लले ४ विकेट लिँदा सागर ढकालले तीन तथा पवन शर्राफले २ विकेट लिए । १ विकेट भुवन कार्कीको नाममा रह्यो ।

Next Post

वडाध्यक्ष धामीको हत्याबारे अनुसन्धान शुरु

२१ माघ २०७६, मंगलवार १६:५९
सदरलाइनडटकम, अछाम : हत्या भएको भनिएका अछामको पञ्चदेवल बिनायक नगरपाकिला–२ माथिल्लो बिनायकका वडाध्यक्ष पदमबहादुर धामीको शव भैंसीको गोठभित्र फेला परेकोबारे अनुसन्धान शुरु भएको छ । अनुहारभरि रगत लत्पतिएको अवस्थामा उनको शव मंगलवार बिहान भेटिएको थियो । माथिल्लो बिनायक स्थित धामीगाउँको गैरीगाउँ भन्ने ठाउँमा स्थानीयको भैंसी बाधेको गोठभित्र धामीको शव भेटिएको […]

सम्बन्धित