चट्याङ लागेर एकको मृत्यु, दुई घाइते, तीन चौपाया मरे

४ चैत्र २०७३, शुक्रबार १९:०३
 

सदरलाइनडटकम
४ चैत, बाजुरा : बाजुराको रुगिन–४ बोर्तामा बिहीबार राति परेको चट्याङ लागेर एक जना बालकको मृत्यु हुनुको साथै दुईजना घाइते भएका छन् । सोही चट्याङ्को कारणले तीन चौपाय समेत मरेको जानकारीमा आएको छ ।
विहिबार राती परेको चट्याङ लागेर हिमाली गाउँपालिका साविकको रुगिन गाविस–४ बोर्ताका १४ वर्षका शेरबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । राती खाना खाएर सुत्ने बेला चन्दन कार्कीको घरमा चट्याङ परेको हो ।
चट्याङ लागेर कार्की कै एक छोराको मृत्यु हुनुको साथै अन्य २ सन्तान घाइते भएका छन् । घाइते हुनेमा १७ वर्षकी छोरी झुमकला कार्की र १० वर्षकी जुनु कार्की रहेको प्रहरी निरीक्षक सुदाम रावलले बताए ।
घाइते दुई जनाको हात खुट्टा जेलेर गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी समेत रहेका रावलको भनाई छ । घाईतको अवस्था समेत गम्भीर रहेको छ । उनीहरुलाई प्रहरी र स्थानीयको सक्रियतामा उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी ल्याईएको छ ।
चट्याङकै कारण गोठमा बाँधीएका दुई गोरु र एक वटा बाख्रा मरेको बताइएको छ । चट्याङकै कारण परिवारका अरु सदस्य पनि केही समय बेहोस भएका थिए । घरको पुर्वतर्फको भित्ता चिरेर चट्याङको झिल्को घर भित्र पसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा हात्तिपाईले विरुद्धको अभियानको तयारी सकियो

४ चैत्र २०७३, शुक्रबार १९:०३
सदरलाइनडटकम     ४ चैत, नेपालगन्ज  : बाँकेमा हात्तिपाईले विरुद्धको औषधि खुवाउने तयारी पुरा भएको जनाएको छ । जिल्ला जवस्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी जिल्लामा ९ सय २७ वटा बुथबाट शनिबारदेखि औषधि खुवाउने तयारी गरेको जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको हात्तिपाईले रोग निबारण अभियान अन्तरगत शनिबार […]