नेपालगञ्ज : भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय २६ जनाको परीक्षण गर्दा ३४ जनामाम कोरोना पुष्टि भएको हो ।
हालसम्म प्राप्त ५० हजार ४ सय ९५ नमूनाको परीक्षण गर्दा ४ हजार ६ सय ९४ जनामा कोरोना देखिएको भेरी अस्पतालले सोमवार जारी गरेको सूचनामा उल्लेख छ ।