शुक्रबार बिहानै निषेधाज्ञा उलंघन गर्ने दुईसय बढी परे कारवाहीमा

२३ श्रावण २०७७, शुक्रबार ११:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा शुक्रबार बिहानै निषेधाज्ञा उलंघन गर्ने करिव २ सयलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि बाँकेमा निषेधज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमितको पारो व्हात्तै बढेपछि जिल्लामा जारी गरेको निषेधाज्ञा कार्यन्वयन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग र बाँकेका प्रहरी प्रमुख ओमबहादुर राना आफै फिल्डमै खटेर यसरी अवज्ञा गर्नेलाई कारवाही थालिएको हो ।


‘शुक्रबार बिहानैदेखि निषेधाज्ञाको उलंघन गर्नेलाई नियन्त्रणमा लिएर नेपालगञ्जको विभिन्न स्थानमा होल्डिङ्ग गरी राखिएको छ । केहीलाई क्वारेन्टाईन पठाईएको छ’– प्रहरी प्रमुख रानाले भने ।

उनले अत्यावश्यक बाहेकका सेवा र पसल खोल्ने, अटो, रिक्सा सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर संक्रमण रोग नियमन उलंघन ऐन अन्तरगत सय रुपैया जरिवाना लिएर छाडिएको बताए ।

Next Post

बाँकेका थप चार जना कोरोनामुक्त

२३ श्रावण २०७७, शुक्रबार ११:३९
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा शुक्रवार थप चार जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट कोहलपुर ९ की ४१ र ४७ वर्षीया महिला तथा नेपालगञ्जको आदर्शनगर आइसोलेशनबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का १८ बर्षीय पुरुष र नेपालगञ्जकै वडा नम्बर ११ का ४० बर्षीय पुरुष […]

सम्बन्धित