लुम्बिनीको विपद् व्यवस्थापनमा चुनौती छ : मुख्यमन्त्री चौधरी

सदरलाइन संवाददाता २५ बैशाख २०८०, सोमबार १६:१२
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशभरी विपद् व्यवस्थापनका लागि निकै चुनौती रहेको बताएका छन् ।

सोमवार नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाको स्वर्ण जयन्ती बर्ष समापन एवंम विश्व रेडक्रस दिवसका अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले रेडक्रसको सहयोग, सहकार्यबाट विपद् व्यवस्थापनका समस्यालाई समाधान गर्दै लैजाने बताए । मुख्यमन्त्री चौधरीले पश्चिम दाङको हरेक बिकास र मानबिय कार्यमा सगंसगै रहने पनि बताए । उनले विपद् व्यवस्थापन गर्न रेडक्रसको नयाँ भवन निमार्णका लागि प्रदेश सरकारबाट ९७ लाखको टेन्डर गरिसकेको बताए ।

उनले तुलसीपुरमा रहेको त्रिशिद्धेश्वरी मन्दिरको र्धमशाला र केही संरचना निमार्ण गर्न १ करोड बिनियोजन गरेर कामहरु अगाडी बढाएको बताए ।

पश्चिम दाङको विकासका लागि टरिगाउँ एयरपोर्ट,घोराही–तुलसीपुरको चार लेन सडक,दंगीशरण राजाको दरवार सुकौराकोट,पुरन्धरा छहरालाई पर्यटनसगं जोडेर लैजान छलफल र अनुगमन सुरु गरेको र जिल्लामा भएका ऐतिहासिक पहिचान ठाँउहरुको सम्बद्र्धन र संरक्षणमा प्रदेश सरकार गम्भिर रहेको पनि बताए ।

साथै मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश सरकारले यसवर्ष आर्थिक विकासलाई प्राथमिकतामा राखेको बताए । ‘प्रदेश सरकारले २ लाख मान्छेलाई रोजगारी दिने लक्ष्य राखेको छ,उनले भने,हरेक घर–परिवारले १०÷१५ हजारसम्म कमाउन सक्ने अभियानलाई योजना सहित अगाडी बढाएका छौं ।’


नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाका अध्यक्ष मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका निबर्तमान सभापति नारायण आचार्यले रेडक्रसले समुदाय देखि केन्द्रसम्म प्रसंसायोग्य कामहरु गरेको बताए ।

त्यस्तै रेडक्रस सोसाइटी दाङका सस्थापक मन्त्री नबराज रजौरे,सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुन,बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरि,रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश उप–कोषाध्यक्ष ज्ञान हरि रिजाल,राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदम न्यौपाने, संम्बाद समुहका मुख्य सहजकर्ता सुशील बस्नेत लगाएतले पहुँचको आधारमा भन्दा आवश्यकताको आधारमा आम नागरिकलाई सेवा दिन मुख्यमन्त्री चौधरीलाई आग्रह गरेका थिए ।

उनीहरुले रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले आम जनताहरुको समसामयीक रुची र आवश्यकतालाई यथोचित सम्मान गर्दै रचनात्मक एवं अनुकरणीय क्रियाकलापलाई उजागर गर्दै आएको पनि बताए ।

शाखाको स्वर्ण जयन्ती एवम् रेडक्रस दिवसका अवसरमा पत्रकार गोर्कण पौडेलसहित विभिन्न व्यक्तित्वलाई संस्थाको विकास, प्रवर्धनमा टेवा दिएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दोसल्ला र सम्मानपत्रले सम्मानित गरेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन शाखाका मन्त्री प्रकाश श्रीबन्दले गरेका थिए ।

२०३० सालमा स्थापना भएको नेपाल रेडक्रस दाङ जिल्ला शाखाले ५० औं वर्ष पुरा गरेको अवसरमा सोमवार स्वर्ण जयन्ती मनाएको छ । रेडक्रसले जिल्लामा विपद् व्यवस्थापन, खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थाल्सेमियाका विरामीलाई राज्यद्वारा निशुल्क उपचारको व्यवस्था मिलाउन माग

२५ बैशाख २०८०, सोमबार १६:१२
नेपालगञ्ज :  राज्यले थालसेमिया जस्ता बंशाणुगत रोगको उपचार निशुल्क उपलब्ध गराउन माग गरिएको छ । यो बालबालिकामा मात्र देखिने रक्त अल्पता जन्य रोग हो । विश्व थाल्सेमिया सचेतना दिवस २०८० को अवसरमा कान्ति आरोग्य अस्पताल नेपालगञ्जले स्कास नेपालसंगको समन्वय तथा नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा आयोजित कार्यक्रमका सहभागिले सो माग गरेका हुन […]