अख्तियारका थप २० कर्मचारीमा कोरोना

२२ श्रावण २०७७, बिहीबार १४:३१
 

सदरलाइनडटकम,
काठमाण्डौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मंगलवार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीमा संक्रमण देखिएको जानकारी दिए ।
यसअघि आयोगमा १५ जना कर्मचारीमा संक्रमण देखिएको थियो । ती संक्रमण देखिएका अधिकांश अग्रपंक्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् । यसअघि अख्तियारमै कार्यरत १४ जना प्रहरीसहित १५ जनामा कोरोना पुष्टि भएको थियो ।
यसैगरी गत मंगलवारनै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने संक्रमण नदेखिएको पौडेलले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब संकलन गरिएको थियो ।
अख्तियारमा थुनुवा र संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा संक्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

Next Post

बाँकेमा बन्यो खुला कारागार, राती मात्र बस्नु पर्ने

२२ श्रावण २०७७, बिहीबार १४:३१
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको गनापुरमा देशकै पहिलो खुला कारागार निर्माण भएको छ । कारागार व्यवस्था विभागले गनापुरस्थित कृषि फार्मको ६ बिघा जमिनमा पहिलो पटक खुला कारागार निर्माण गरेको हो । कम सजाय हुने मुद्दामा कारागार चलान भएका तुलनात्मक रुपमा आचरण ठिक भएका कैदी बन्दीलाई खुला कारागारमा राखिने छ । खुला […]