राप्तीसोनारी गाउँपालिकाद्वारा वडागत बजेट विनियोजन

सदरलाइन संवाददाता २९ जेष्ठ २०७९, आईतवार १५:३१
 

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ । गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक वर्षबाट भन्दा घट्न गएको बजेट सिलिङका आधारमा १ करोड ६० लाखदेखि १ करोड ९० लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७८/७९ भन्दा १० प्रतिशत कम बजेट विनियोजन भएको उनले बताए । गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले बजेट बाँडफाट गरेको डाँगीले जानकारी दिए ।


गाउँपालिकाले वडा नम्बर १, २ र ६ का लागि एक करोड ८० लाख बजेट विनियोजन गरेको छ । वडा नम्बर ३, ४, ५, ८ र ९ का लागि १ करोड ६० लाख र वडा नम्बर ७ का लागि एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । ‘वडाको जनसंख्या, भुगोल जस्ता मापदण्डलाई आधार बनाएर वडागत रुपमा बजेट विनियोजन गरेका छौं,’ उनले भने ।

स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन, २०७८ बमोजिम (आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वातावरण तथा विपद ब्यवस्थापन, संस्थागत विकास र सुशासन) पाँच वटा विषयगत क्षेत्रहरुमा रहि नीति बजेट तथा कार्यक्रम तर्जुमा गरी पेश गर्न वडा कार्यालयलाई अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जलाई बालश्रम मुक्त बनाइने

२९ जेष्ठ २०७९, आईतवार १५:३१
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाइने भएको छ । बिश्व बालश्रमबिरुद्ध दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले आईतबार आयोजना गरेको बाल श्रम सम्बन्धि सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले बालश्रम ठुलो समस्याको रुपमा रहेको भन्दै यसको नियन्त्रण र रोकथाम अति आवश्यक भएको बताए । यसका लागि उपयुक्त कार्ययोजना बनाउन आग्रह […]