भन्सार छलेर भित्रिएको भारतीय ट्रक प्रहरी नियन्त्रणमा

१२ कार्तिक २०७४, आईतवार १४:५९
 

सदरलाइनडटकम   
१२ कात्तिक, नेपालगन्ज : मध्यरातमा भन्सार छलेर नेपालगन्ज भित्रिदै गरेको भारतीय ट्रक प्रहरी नियन्त्रणमा परेको छ । करिब ७० लाख बराबरको भन्सार छलीको सामान रहेको सो ट्रक संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्जबाट खटेको प्रहरीको विषेश टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले शनिवार राति करिब ११ः३० बजेको समयमा युपी ३६ टी ७३०७ नं.को भारतीय ट्रकलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।
‘भन्सार छलेर ठूलो परिणाममा सामान भित्रिँदै गरेको सूचनाको आधारमा कारवाही गर्दा विना भन्सार करिब ७० लाख रुपैयाको मेसिन र त्यसमा प्रयोग हुने सामाग्री सहित भारतीय ट्रक बरामद भएको छ’, प्रहरी निकट स्रोतले भन्यो ।
प्रहरीले बरामद गरेको सो ट्रकको सामान कसको र कति रकम बराबरको भन्ने विषयमा अझै अनुसन्धान भइरहेकोले बताउन कठिन भएको संघीय प्रहरी ईकाइ कार्यालय नेपालगन्जका प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाहले जानकारी दिए । उनले भने, सामान कसको र कति मूल्यको हो जानकारी छैन मात्र अहिले ट्रकमा भएको सामानको भन्सार नगरेको पाइएकोले नियन्त्रणमा लिइएको हो ।’
प्रहरीले भन्सारबाट नेपालगन्जतर्फ आउँदै गर्दा महेन्द्र बहुमुखी क्याम्पस नजिक ट्रकलाई नियन्त्रणमा लिएको जानकारीमा आएको छ । सीमा क्षेत्रबाट महेन्द्र बहुमुखि क्यम्पससम्म नेपाल प्रहरी, सशस्त्र प्रहरीका विभिन्न चेकजाँचको पोष्टहरु छन् तर कसरी विना भन्सार सिंगो ट्रक नै यहाँसम्म पुग्यो चिन्ताको विषय बनेको छ ।
नेपालगन्ज भन्सार कार्यालय प्रमुख जनार्दन आचार्यले रातीको समयमा भएकोले आफु घटनाको छानविन गरिरहेको बताए । उनले भने–‘म औफै पनि अचम्ममा परेको छु यत्रो सुरक्षा सञ्जाललाई सहजै पारगर्दै कसरी विना रोकतोक सिंगो ट्रक पार भयो ।’ उनले भन्सार कार्यालयले घटनाको छानविन गर्न टोली बनाई अनुसंधान गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रारम्भिक कक्षा पढाईको लागि पैरवी तथा जनचेतनामूलक अभियान सञ्चालन

१२ कार्तिक २०७४, आईतवार १४:५९
सदरलाइनडटकम  १३ कात्तिक, नेपालगन्ज : प्रारम्भिक कक्षाका बालबालिकाको शिक्षाको स्तर बढाउने उदेश्यले सञ्चालनमा रहेको प्रारम्भिक कक्षा पढाई कार्यक्रमको बारेमा सोमवार पैरवी तथा जनचेतनामूलक अभियान सम्पन्न गरिएको छ । ‘रमाइलो पढाई, दिगो सिकाई’ भन्ने मूल नाराका साथ सुरु गरिएको सो कार्यक्रमको महत्वबारे अभिभावक, शिक्षक, समुदाय र सर्वसाधारणमा चेतना बृद्धि गर्ने उदेश्यले […]

सम्बन्धित