सदरलाइनडटकम,
नेपालगञ्ज : महिला विकास अधिकृत बिन्दु कुवँरलाई उपचारका लागि बिन्दु कुँवर उपचार सहयोगार्थ समितिले ५ लाख ५४ हजार ४ सय ३६ रकम सहयोग हस्तान्तरण गरेको छ ।
सहयोगार्थ समितिका सहसंयोजक नमस्कार शाहले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेको जानकारी दिए । उनले सहयोग गरेका सबै जनालाई धन्यवाद दिए । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणा तथा बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सदस्यहरुले सहयोग रकम हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर राणाले आफनो १ महिनाको तलब भत्ता बराबरको ५० हजार रकम पनि हस्तान्तरण गरेका थिए । समितिका सदस्य साहिल अन्सारीले बाल तथा महिला अधिकारको लडाईमा सदैव लागिरहेको बिन्दु कुवँरलाई बचाउन आग्रहसमेत गरे ।

