कोरोनाबाट निको भएर बाँकेका थप तीन जना डिस्चार्ज

२१ श्रावण २०७७, बुधबार १४:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा बुधवार थप तीन जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट नेपालगञ्ज १८ की २६ वर्षीया महिला र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ की ३६ वर्षीया महिला तथा नेपालगञ्जको आदर्शनगर आइसोलेशनबाट राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ का २० बर्षीय पुरुष निको भएर डिस्चार्ज भएका हुन् ।
योसँगै बाँकेमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ३ सय ९४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । अब आइसोलेशनमा बाँकेका ७४ जना र बहिरी जिल्लाका ४ जना गरी ७८ जना छन् ।

Next Post

तीज आयो ! तर, तीजको रौनक देखिएन

२१ श्रावण २०७७, बुधबार १४:५५
सुनीता बर्मा, तीज आयो तर यस पटक तीजको रौनक देखिएन विश्व माहामारी कोरोना (कोभिड–१९) का कारण देश विदेशमा मानिसहरुको मृत्यु र संक्रमित हुनेको संख्या दिन दिनै बढेपछि यस पटक तीजको रौनकमा कमी आएको छ । सुरक्षाको दृष्टिले देशका सबै मठ मन्दिरहरु पनि बन्द छन् । हरेक वर्ष हिन्दू धर्मावलम्वीका महिलाहरु […]

सम्बन्धित