प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा थापा

सदरलाइन संवाददाता २८ माघ २०७९, शनिबार १७:३७
 

नेपालगञ्ज : प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा सञ्जय थापा सर्वसम्मत चुनिएका छन् । नेपालगञ्जमा शनिवार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट थापा अध्यक्ष चुनिएका हुन् । संघको उपाध्यक्षमा ध्रुव दाहाल, प्रदिप गुप्ता, चण्डी गैरे र उमा ग्राण्डन सर्वसम्मत भएका छन् ।

निर्वाचन समितिका सदस्य तोजिन्द्र विकका अनुसार सचिवमा हिमनाथ पौडेल र टेकबहादुर खड्का सर्वसम्मत चुनिँदा सह–सचिवको जिम्मेवारी मख्खनबहादुर धामी र प्रेम खरेलले पाएका छन् । कोषाध्यक्ष विष्णु श्रेष्ठ र सन्तोष बैश्यलाई बनाइएको छ ।

यस्तै सदस्यहरुमा विनय श्रेष्ठ, पुरुषोत्तम अग्रवाल, शालिक सुवेदी, रविन्द्र लामिछाने, मो.फकदुल हक हलवाई, मो. रिजवान अन्सारी, बुद्धिप्रसाद श्रेष्ठ, रेवती सिंह, शरद रेग्मी र नरबहादुर खड्का चयन भएका छन् ।

अन्य सदस्यहरुमा टिकाराम ढुंगाना, रामकुमार सिंह राठौर, सुदिप सेडाईं, अतुल कुमार गुप्ता, मार्टिन वली, सावित्रा पोखरेल, विशाखर अधिकारी, रामकिसन साहु र शरदराज अधिकारी छन् ।


यस्तै नेपालगञ्ज नगर समितिको पहिलो अधिवेशनबाट शिवप्रसाद दाहाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।

यस्तै उपाध्यक्षहरुमा विष्णुप्रसाद भुषाल, विमलकान्त गुप्ता र सुनिला बराल चयन भएका छन् । सचिवमा माधवप्रसाद पाखरेल र सन्तोषकुमार पौडेल तथा सह–सचिवमा बद्रुद्दिन अन्सारी र सुरविर फडेरा चयन भएका छन् । निर्वाचन समितिका सदस्य तोजिन्द्र विकका अनुसार कोषाध्यक्षमा पदम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज ढकाल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सूर्यकुमार श्रेष्ठ, कमलप्रसाद पौडेल, निमबहादुर सिंह ठकुरी, किशोरकुमार आचार्य, डा.पंकजकुमार गुप्ता, भरतकुमार खड्का, एकराज पाण्डे र सूर्य केसी सर्वसम्मत चुनिएका छन् ।

यस्तै अन्य सदस्यहरुमा किरण खनाल, मिरा पाण्डे, दुर्गा थापा, रफेल अहमद खाँ, सुरेशसिंह परियार, सञ्जयकुमार बर्णवाल, खिमराज अधिकारी, जयकिशन शाह (तेली), विष्णु अर्याल, गणेश भण्डारी, प्रितिसिंह ठकुरी, सुनिल गुप्ता र जिन्टुटन मुल्तियार (साहिल) छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुणस्तरीय शिक्षाका लागि नेतृत्व लिने नगरप्रमुखको प्रतिबद्धता

२८ माघ २०७९, शनिबार १७:३७
नेपालगञ्ज : जननिर्वाचित महिला पदाधिकारीहरुका लागि शिक्षामा लैगिक रुपान्तरण तथा नेतृत्व बिकास तालिम बारबर्दियाको जयनगरमा शुरु गरिएको छ । लैगिंक मैत्री गुणस्तरिय शिक्षा, तथा महिलाहरुको नेतृत्वमा पहुच भन्ने मुल उदेश्यका साथ प्लान इन्टरनेशन नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारिमा सिकाइ परियोजना अन्तरगत तालिम कार्यक्रमको आयोजना गरिएको […]