तीज आयो ! तर, तीजको रौनक देखिएन

२१ श्रावण २०७७, बुधबार १९:४६
 

सुनीता बर्मा,

तीज आयो तर यस पटक तीजको रौनक देखिएन विश्व माहामारी कोरोना (कोभिड–१९) का कारण देश विदेशमा मानिसहरुको मृत्यु र संक्रमित हुनेको संख्या दिन दिनै बढेपछि यस पटक तीजको रौनकमा कमी आएको छ । सुरक्षाको दृष्टिले देशका सबै मठ मन्दिरहरु पनि बन्द छन् । हरेक वर्ष हिन्दू धर्मावलम्वीका महिलाहरु तीज पर्व धुमधामका साथ मनाउदै आएका थिए तर, यसपटक महिलाहरुको रहर घरसम्म नै सिमित हुने भयो लामो दुरीको यातायात संचालनमा नरहेको कारणले यसपटक चेलीबेटीहरु माइत पनि जान पाउदैनन् यहाँसम्म की छरछिमेक मिलेर टोलमा रमाइलो गरम भन्ने अवस्था पनि कोरोना (कोभिड–१९) का कारण छैन ।

हरेक वर्ष तीजको एक महिना अगाडी देखि नै महिलाहरु तीजको तयारी शुरु गर्थे तीजमा लगाइने वस्त्र, गरगहना, मेहदी, चुरा लगायतका श्रृगारको सामग्री किन्नमा महिला व्यस्त हुन्थे भने गरगहना, कपडा र श्रृगारका पसलहरु महिलाहरुले भरि भराउ हुन्थ्यो तर, यस पटक कोरोना (कोभिड–१९) का डर र त्रासको कारण महिलाहरु आफु र आफ्नो परिवारको सुरक्षाका लागि गरगहना, कपडा र श्रृगारका सामग्रीहरु किनमेल गर्न डराइ रहेका छन् । कोरोना (कोभिड–१९) को कारण बजारमा तीजको चहलपहल धेरै छैन । त्यसैगरी कोरोना ( कोभिड–१९) लाई नियन्त्रण गर्नको लागि सरकारले लामो दुरीको यातायातमा बन्देज लगाएको कारण र आवश्यकता भन्दा बढी घर बाहिर ननिस्किने निर्णयले गर्दा पनि तीजको रौनकमा कमी आएको हो साथै कोरोना (कोभिड–१९) ले गर्दा यस पटक परिवारहरुको आर्थिक आयको अवस्था पनि राम्रो नभएको कारणले परिवारका महिलाहरु तीजमा बढी किनमेल गर्न निस्केका छैनन ।

पराम्परागत रुपमा मनाउदै आएको तीज पर्वमा विवाहित महिलाहरुले श्रीमानको दिर्घायु र सुस्वास्थ्यको कामनाको लागि ब्रत बस्दछन् भने अविवाहित केटीहरुले राम्रो श्रीमान पाउ भन्ने इच्छाले ब्रत बस्दछन् । पछिल्लो एक दशकदेखि तीजमा धेरै खर्च गर्ने चलन बढेको थियो महिलाहरु महिना अगाडिदेखि नै नाचगान र दर खाने कार्यक्रम गर्न थालेका थिए ठाँउमा ठाँउमा तीज प्रतियोगिताको आयोजना गरी पुरस्कारको पनि व्यवस्थापन गरीन्थ्यो तर यस पटक कोरोना ( कोभिड–१९) को कारण यी प्रतियोगिताहरु पनि नहुने भएका छन ।


कोरोना ( कोभिड–१९) को कारण यस वर्ष तीजको रौनकमा कमी आएपछि यसको असर कपडा व्यापरी, गरगहना व्यापारी, कटेजहरु लगायत अन्य व्यवसायमा पनि परेको छ । हरेक वर्ष धुमधाम र चहलपहलका साथ मनाइने तीज पर्व यसपटक साधारण तरिकाले महिलाहरु आफ्नै घरआँगनमा मनाउनु पर्ने अवस्था छ । कारण हो संक्रमणबाट आफु पनि जोगिदै अरुलाई पनि जोगाउने ।

तीज परम्परागत संस्कृति हो विकृति होइन तर तीजको नाममा बितेका वर्षहरुमा महिलाहरुले महिना आगाडीवाट नै नाचगान गर्ने दर खाने प्रवृतीले खर्च बढाएको थियो जसले गर्दा कतिपय घरपरिवारमा तनाव झै झगडाको वातावरण पनि सिर्जना हुन्थ्यो । संघसंस्था, कटेज, र नातागोता, साथीको घरमा राखिने दर कार्यक्रमले झन् खर्च बढाएको हुन्थ्यो । एक ठाउको दर कार्यक्रममा एक थरीको कपडा र गहना लगाएर गाइन्छ भने अर्को ठाउको दर खाने कार्यक्रममा अर्को थरीको कपडा र गहना लगाएर जाउ भन्ने सोच प्रायः महिलाहरुको हुन्छ यसले झन खर्च बढाएको थियो । रमाइलो गर्ने उद्देश्यले पैसा उठाएर गरिने नाचगान, दर खाने कार्यक्रमले गर्दा विस्तारै तीज पर्व र संस्कार प्रति मानिसको दृष्टिकोण एव सोचाईमा नै परिवर्तन आएको थियो ।

श्रृगार महिलाको गहना हो भन्छन् तर बढी पैसा खर्च गरेर गरिने श्रृगार दुःखको कारण बनेको थियो । तीजमा गरिने बढी खर्चले नकारात्मक पक्षलाई बढी प्राथमिकता दिरहेको नागरिकको बुझाइ थियो । यसले घरपरिवारमा मात्र होइन समाजलाई पनि नराम्रो असर परेको कुरा सुन्न मिल्थ्यो हुनेखानेलाइ रमाईलो नहुनेखानेलाई झै झगडाको कारण पनि बनेको थियो । तीज श्रद्धाले गरिने ब्रत हो तर बर्तमान समयमा अधिकांशले तीजलाई तडकभडकको साथ मनाउन थालेपछि तीज खुशी सँगै बढी खर्च र विकृती ल्याएको अवस्था थियो तर यो वर्ष कोरोना ( कोभिड–१९) ले गर्दा महिलाहरु धेरै खर्च नगरेर सरल तरिकाले घरआँगनमा नै परिवार सँग तीज मनाउने भएका छन् ।

महिलाहरुले यो वर्षको तीजमा श्रृगार सामग्री, कपडा गहना र दर खाने कार्यक्रमहरुमा बढी पैसा खर्च नगरेर आफ्नो क्षमता अनुसार र अरुलाई मर्का नपर्ने गरी आफूले निर्वाह गर्ने जिम्मेवारीप्रति बढी प्राथमिकता दिई सरल र सहज तरिकाले तीज पर्व ब्रत पुजापाठ गरी घरआँगनमा नै नाचगान गरी रमाइलो गरी मनाउने भएका छन् जुन सबैको नजरमा प्रशन्सा योग्य बनेको छ । कोरोना ( कोभिड–१९) को कारण तीजको रौनकमा कमी आए पनि हरेक वर्ष तीजमा गरिने बढीे खर्चहरु भने यसपटक परिवारको बचेको छ । पहिलो कुरा आफु र समाज संक्रमणबाट जोगिनु पर्यो । संक्रमणबाट जोगिन सके रमाईलो र पर्व अर्को वर्ष पनि मनाउन सकिन्छ भन्ने अभिप्रायले अघि बढौ यस वर्षको तीजको सबैलाई शुभकामना ।

Next Post

विभिन्न मुद्दामा फरार रहेका दुईजना पक्राउ

२१ श्रावण २०७७, बुधबार १९:४६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके प्रहरीले विभिन्न मुद्दामा संलग्न रही फरार रहेका दुई जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक सुवाश खड्काले बिगतमा सशस्त्र भुमिगत समुह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध रही बाँके जिल्लामा हत्या, अपहरण, बम […]