कोरोना पुष्टि भएपछि वडाध्यक्ष रिजालको सन्देश

१९ श्रावण २०७७, सोमबार १५:३५
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : कोरोना संक्रमणपछि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताएका छन् । सोमवार विहान कोरोना संक्रमण पुष्टि भएपछि रिजाललाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेशनमा उपचारका लागि राखिएको छ ।
नेपालगञ्ज उपमहानगरका प्रवक्तासमेत रहेका वडाध्यक्ष रिजालले फेसबुकमा सन्देश दिँदै लेखेका छन् ‘वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा आज मिति २०७७ साउन १९ गते मलाई कोरोनाको संक्रमण देखियो ।’
उनले ‘हाल खजुरास्थित कोरोना बिशेष आइसोलेशन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको छु । हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस परिस्थितिमा शुभेच्छा र सद्भावका लागि धन्यवाद ।’ सोमवार वडाध्यक्ष रिजालसहित नेपालगञ्ज उपमहानगरपालिकाका एकजना अधिकृतलाई संक्रमण भएको छ ।

Next Post

नेपालगञ्ज उपमहानगरपालिका कार्यालय ‘शील’

१९ श्रावण २०७७, सोमबार १५:३५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सोमवारदेखि अनिश्चितकालका लागि शील गरिएको छ । उपमहानगरपालिकाका एक वडाध्यक्ष, दुई वडा सचिव र पाँच जना कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालयलाई अनिश्चितकालका लागि शील गरिएको हो । भेरी अस्पतालबाट सोमवार प्राप्त कोरोनाको नतिजाअनुसार उपमहानगरपालिकाका धेरै जना कर्मचारीमा एकै पटक संक्रमण देखिएपछि अर्को सूचना […]

सम्बन्धित