रामेछापमा बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो

सदरलाइन संवाददाता २१ असार २०७९, मंगलवार १४:४३
 

काठमाण्डौ : रामेछापको लुभुघाटमा भएको बस दुर्घटनाका मृत्यु हुनेको संख्या १३ पुगेको छ । घाइतेमध्ये थप ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएसगै मृतको संख्या १३ पुगेको हो ।

उपचारका लागि धुलिखेल अस्पताल ल्याएका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । मृत्यु हुनेमा सुनापति–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला रहेको खतिवडाले जानकारी दिए ।


२० जनाको धुलिखेल अस्पताल र थप १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । काठमाण्डौ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस करिब १० बजेतिर खाँडादेवी र सुनापति गाउँपालिकाको सिमानामा दुर्घटनामा परेको थियो । दुर्घटनामा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

असार अन्तिमसम्ममा बाँकेमा २० प्रतिशत मात्र रोपाई

२१ असार २०७९, मंगलवार १४:४३
नेपालगञ्ज : बाँकेमा यो वर्ष ढिलोगरी धान रोपाई शुरु भएको छ । बाँकेमा असारको अन्तिम हप्ता लागिसक्दा २० प्रतिशत हाराहारीमा रोपाई भएको छ । कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले २० प्रतिशत हाराहारीमा रोपाइँ भएको जानकारी दिए । उनका अनुसार, यो वर्ष बाँकेमा ढिलोगरी धान रोपाई शुरु भएको हो […]

सम्बन्धित