सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सोमवारदेखि अनिश्चितकालका लागि शील गरिएको छ ।
उपमहानगरपालिकाका एक वडाध्यक्ष, दुई वडा सचिव र पाँच जना कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालयलाई अनिश्चितकालका लागि शील गरिएको हो ।
भेरी अस्पतालबाट सोमवार प्राप्त कोरोनाको नतिजाअनुसार उपमहानगरपालिकाका धेरै जना कर्मचारीमा एकै पटक संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्मका लागि कार्यालयलाई अनिश्चितकाल शील गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खडकाद्वारा जारी सूचनामा उल्लेख छ ।
