सदरलाइनडटकम,
खजुरा (बाँके) : कोरोना संक्रमणपछि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताएका छन् । सोमवार विहान कोरोना संक्रमण पुष्टि भएपछि रिजाललाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेशनमा उपचारका लागि राखिएको छ ।
नेपालगञ्ज उपमहानगरका प्रवक्तासमेत रहेका वडाध्यक्ष रिजालले फेसबुकमा सन्देश दिँदै लेखेका छन् ‘वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा आज मिति २०७७ साउन १९ गते मलाई कोरोनाको संक्रमण देखियो ।’
उनले ‘हाल खजुरास्थित कोरोना बिशेष आइसोलेशन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको छु । हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस परिस्थितिमा शुभेच्छा र सद्भावका लागि धन्यवाद ।’ सोमवार वडाध्यक्ष रिजालसहित नेपालगञ्ज उपमहानगरपालिकाका एकजना अधिकृतलाई संक्रमण भएको छ ।
Next Post
नेपालगञ्ज उपमहानगरपालिका कार्यालय ‘शील’
१९ श्रावण २०७७, सोमबार १५:३५
सम्बन्धित
-
२१ असार २०७९, मंगलवार १४:४३
रामेछापमा बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो
-
१४ माघ २०७९, शनिबार १४:५३
दाङमा प्रविधियुक्त सिनेमा हल निर्माण गर्छौ : नायक श्रेष्ठ
-
२७ कार्तिक २०७५, मंगलवार १४:४०
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी पदमुक्त
-
२८ श्रावण २०७७, बुधबार २३:०७
कोरोना संक्रमण बढेपछि सवारी पास वितरणमा गृहको रोक
-
१८ कार्तिक २०७९, शुक्रबार १२:४१
कक्षपतिको क्यान्सर अस्पतालदेखि ग्रीन सिटीसम्म्को परिकल्पना
-
१५ आश्विन २०७६, बुधबार १७:५९
उच्चस्तरीय जर्मन टोली नेपालगञ्जमा