दाङमा प्रविधियुक्त सिनेमा हल निर्माण गर्छौ : नायक श्रेष्ठ

सदरलाइन संवाददाता १४ माघ २०७९, शनिबार १४:५३
 

दाङ : नायक तथा अभिनेता अर्जुन श्रेष्ठले दाङमा छिट्टै आधुनिक प्रविधियुक्त सिनेमा हल निर्माण गर्ने बताएका छन् ।

चलचित्र पत्रकार सघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले कोरोना महामारीपछि दाङका सिनेमा हलहरु बन्द अवस्थामा रहेको हुदाँ अब ७÷८ महिना भित्र आधुनिक प्रविधियुक्त हल निमार्ण गरि यहाँका दर्शक श्रोताहरुलाई सुविधा दिने लक्ष्य रहेको बताए ।

चलचित्र पत्रकार सघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नायक श्रेष्ठले ७ वटै प्रदेशमा चलचित्र छायांकन स्थल निर्माण गर्ने चलचित्र बिकास बोर्डको नीति रहेको बताए । उनले दाङ छायांकनको लागि उपयुक्त स्थल रहेको पनि बताए ।


‘दाङ छायांकनको लागि उपयुक्त छ,अहिले दाङबाट निर्वाचित रेखा शर्मा सञ्चार तथा सुचनामैत्री रहेको हुदाँ केही बजेटहरु ल्याएर जिल्लामा कार्यक्रमहरु गर्न सकेमा चलचित्र क्षेत्रको विकासका लागि थप मद्धत पुग्ने थियो,–श्रेष्ठले भने ।’

त्यस्तै उनले नयाँ टेक्निोलोजिले गर्दा पछिल्लो समय चलचित्र क्षेत्र अझेल परेको तर्क गरे ।

‘पहिले फिल्म हलबाट दर्शकहरु निस्कदा तुलसीपुर बजारमा मेला लागे जस्तो देखिन्थ्यो,–उनले भने,तर पछिल्लो समय दर्शकहरुको सोच परिबर्तन भयो, त्यसकारण नेपाली फिल्मको माग घट्दै गयो र हलहरु पनि बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।’

चलचित्र पत्रकार सघं दाङ शाखाका पुर्ब अध्यक्ष धुर्बराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष पुर्ण केसीले धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण सचिब निरला अर्यालले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा आइतवारदेखि दोस्रो वेष्टर्न ट्राभल मार्ट हुने

१४ माघ २०७९, शनिबार १४:५३
नेपालगञ्ज : नेपालगञ्जमा आइतवारदेखि दोस्रो वेष्टर्न ट्राभल मार्ट हुँदैछ । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीन दिने दोस्रो वेष्टर्न ट्राभल मार्ट हुन लागेको हो । माघ १५ देखि १७ गतेसम्म नेपाल पर्यटन बोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगञ्ज […]