सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा आइतवार थप १ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनबाट नेपालगञ्ज १८ की २२ वर्षीया महिला निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
उनी यातायात कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर हुन् । योसंगै बाँकेमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ४ सय २ पुगेको छ । अब आइसोलेशनमा बाँकेका १ सय ६५ जना र बाहिरी जिल्लाका ४ जना गरी १ सय ६९ जना छन् ।


