सदरलाइनडटकम,
बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप एकजना कोरोना संक्रमितको शनिवार बिहान मृत्यु भएको छ । तीन दिनअघि अस्पताल भर्ना भएका ४२ वर्षीय ती पुरुषको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
डा. गौतमका अनुसार ती बिरामीको सुरुको रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पुनः गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको छ ।


