नेपालगञ्ज : बाँकेमा सोमवार थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेका ४ र बर्दियाका ९ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ७ सय ३० पुगेको छ ।


