सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका थप ३ जना शनिवार कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । आइसोलेशन सेन्टर आदर्शनगर नेपालगञ्ज ११ का ३९ बर्षीय पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट नेपालगञ्ज १२ का १९ बर्षीया महिला र आइसोलेशन सेन्टर आन्तरिक राजश्व कार्यालयबाट गोठिचौर २ जुम्लाका ३३ बर्षीय पुरुष डिस्चार्ज भएका हुन् । कोरोनामुक्त भएका जुम्लाका ३३ बर्षीय पुरुष आन्तरिक राजश्व कार्यालय नेपालगञ्जमा कार्यरत कर अधिकृत हुन् ।
यस्तै नेपालगञ्ज ११ का ३९ बर्षीय पुरुष त्रिभुवन चोकमा मिठाई पसल गर्ने पसले र नेपालगञ्ज १२ का १९ बर्षीया महिला बर्दिया बासगढी घर भई नेपालगञ्जमा बसेर दैनिक ज्यालादारी काम गर्ने मजदुर भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोनामुक्त भई घर जानेको संख्या ४ सय १ पुगेको छ ।


