सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा नेपालमा २५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५९ कोरोना संक्रमित थपिएको जानकारी दिए ।
योसँगै कुल कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको मन्त्रालयले जनाएको छ । देशैभर कोरोना संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको छ । पछिल्लो २४ घण्टामा ६५ जना कोरोना निको भएर घर फर्किएका छन् ।
कुल कोरोना निको हुनेको संख्या १५ हजार २६ जना पुगेका उनले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको छ ।


