सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेजबाट संकलन गरिएको स्वावको परीक्षण गर्दा दुईजना चिकित्सकमा भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमित महिला चिकित्सक हुन् । यसअघि मेडिकल कलेजमा कार्यरत महिला चिकित्सकलाईनै भाइरस पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १५ जनामा भाइरस संक्रमण पुष्टि हो ।
यस्तै वडा कार्यालयका थप प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ । नेपालगञ्जका विभिन्न वडा र बाँकेको डुडुवा गाउँपालिकाका वडा नं. ५ र ६ का २५ र ३५ वर्षीया महिला तथा वडा नं. २ का २३ वर्षीया पुरुषमा कोरोना देखिएको छ ।
यस्तै भेरीमा गरिएको परीक्षणमा कैलालीका दुई, दाङ, बर्दिया र सल्यानमा एकएकजना गरी सोमवार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।


