सदरलाइनडटकम,
काठमाण्डौ : भारत उत्तर प्रदेशकी मन्त्री कमल रानी वरुणको कोरोना भाइरसका कारण मृत्यु भएको छ । गत जुलाई १८ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएकी उनको आइतवार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनको उपचारका क्रममा लखनउस्थित अस्पतालमै निधन भएको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमल रानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । कमल रानी उत्तर प्रदेश सरकारमा प्राविधिक शिक्षा मन्त्री थिइन् ।
सन् २०१७ मा भाजपाले उनलाई कानपुरको घाटमपुर क्षेत्रबाट उम्मेदवार बनाएको थियो । सो क्षेत्रबाट विजयी हुने भाजपाकी उनी पहिलो विधायक थिइन् । गत वर्ष उनलाई मन्त्री बनाइएको थियो ।


