सदरलाइनडटकम,
नेपालगञ्ज : आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका अर्का कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा बिहीवार दोश्रो शिफ्टमा गरिएको परीक्षणमा दाङ घर भई हाल राजश्व कार्यालय नेपालगञ्जमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
यसअघि बिहीवार बिहान राजश्व कार्यालय नेपालगञ्जमा कार्यरत ११ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा बिहीवार बिहान १ सय २० जनाको स्वाव संकलन गरिएको थियो ।
जसमध्ये आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका कर्मचारी २७ वषर््ीाय पुरुष, दैलेखका २७ वर्षीय पुरुष र बाँकेकै राप्तीसोनारी गाँउपालिकाका २३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । योसँगै भेरी अस्पतालको प्रयोगशालामा पुष्टि भएका संक्रमितको संख्या ८ सय ६३ पुगेको छ ।
