नेपालगञ्ज : माओवादी केन्द्र नेपालगञ्जमा सत्ता गठबन्धनबाट बाहिरिएको छ । चुनावी भागबन्डाका कारण माओवादी केन्द्रले नेपालगञ्जमा गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो ।
माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा नेपालगञ्ज उप–महानगरपालिकाका मेयरका आकाँक्षी नविन शर्माले दिएको जानकारी अनुसार अहिले ४ बजे पत्रकार सम्मेलन मार्फत यसको औपचारिक घोषणा गरिने छ ।
नेपालगञ्जमा सत्ता गठबन्धनको भागबन्डा समानुपातिक नरहेको भन्दै आफुहरु बाहिरिएको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य शर्माले जानकारी दिएका छन् ।