नेपालगञ्जका २३ वटै वडा इन्टरनेटको पहुँचमा

सदरलाइन संवाददाता १३ पुष २०७९, बुधबार १५:५४
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा इन्टरनेटको पहुँच विस्तार भएको छ । अहिलेसम्म इन्टरनेट पहुँच भन्दा बाहिर रहेको नेपालगञ्जको वडा नम्बर २३ मा बुधवारदेखि सेवा विस्तार गरिएसंगै सबै वडामा इन्टरनेटको पहुँच पुगेको हो ।

नगर प्रमुख प्रशान्त विष्टले बुधवार एक कार्यक्रमका बीच वडा नम्बर २३ को वडा कार्यालयमा इन्टर सेवा शुभारम्भ गरेसंगै यहाँका २३ वटै वटा डिजिटलाइज भएका छन् । इन्टरनेटको पहुँचमा पुगेसंगै वडा नम्बर २३ ले पनि अब सबै सेवा इन्टरनेटमार्फत प्रवाह गर्नेछ ।

इन्टरनेट शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले उपमहानगरपालिकाभित्र रहेर पनि पछाडि परेको वडा नम्बर २३ लाई डिजिटलाइज गर्न अति आवश्यक महसुस गरेर इन्टरनेटको पहुँचमा पुर्याइएको बताए । उनले वडाको काम अब छिटो छरितो हुने भएपछि स्थानीय लाभान्वित हुने बताए ।

“तपाईंहरु पनि अब सूचना प्रविधिसंग जोडिनुभएको छ, सूचनाको अधिकार उपभोग गर्न पाउने अवस्था बनेको छ, अब अनलाइनबाट छिटो छरितो काम हुन्छ,“ नगर प्रमुख विष्टले भने ।


इन्टरनेट जडान भएपछि वडावासी हर्षित भएका छन् । स्थानीय रियाज अन्सारीले अब अनलाइनबाटै सेवा प्रवाह हुने अवस्था बनेको भन्दै खुशी ब्यक्त गरे । उनले यसअघि व्यक्तिगत घटना दर्ता गर्नै तीन दिन लाग्ने गरेकोमा अब सहजै काम हुने विश्वास ब्यक्त गरे । वडा नम्बर २३ मा वर्ल्डलिंकको इन्टरनेट जडान गरिएको सूचना प्रविधि शाखा प्रमुख घनश्याम बर्माले बताए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २३ का वडा अध्यक्ष जब्बार अलि बेहना, निवर्तमान वडा अध्यक्ष मो.हुसेन शेख लगायतले इन्टरनेट सेवा शुरु भएसंगै स्थानीय लाभान्वित हुने भन्दै खुसी ब्यक्त गरेका थिए ।

त्यसक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वातावरण इन्जिनियर प्रकाश डिसी, वडा नम्बर २३ का वडा सचिव गोरखबहादुर नेपाली, वर्ल्ड लिंकका नेपालगन्ज प्रमुख नवराज शर्मा लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विकास निर्माणका प्रतिबद्धता कार्यान्वयनका लागि खत्रीको पहल

१३ पुष २०७९, बुधबार १५:५४
नेपालगञ्ज : लुम्विनी प्रदेशसभाका सांसद रत्न खत्रीले निर्वाचनको समयमा गरिएका विकास निर्माणका प्रतिवद्धता कार्यान्वयनका लागि पहल अघि बढाएका छन् । नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर ३(१) का निर्वाचित सांसद खत्री पूर्वाधार विकास कार्यालय नेपालगञ्जका प्रमुख गोविन्द महतारा सहित बैजनाथ गाउँपालिकाका विभिन्न वडामा पुगेका छन् । सांसदमा निर्वाचित भएपछि खत्री […]