सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा गरिब घर परिवार पहिचान तथा गरिव परिचयपत्र वितरण कार्यक्रम सञ्चालन हुने भएको छ । भुमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालयको सहयोग एवम जिल्ला समन्वय समिति बाँकेको आयोजनामा सञ्चालन हुने भएको हो ।
कार्यक्रम चालु आर्थिक वर्षमा ७ वटै प्रदेशका १२ जिल्लामा सञ्चालन गर्ने तयारीमा रहको सो कार्यक्रम प्रदेश नं.५ मा भने बाँके जिल्लामा मात्र लागु हुने भएको छ । करिव पाँच महिनाको अवधी हुने सो कार्यक्रममा बाँकेका सबै घरधुरीमा गणक तथा सर्वेक्षक पुग्ने भएका छन् ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तको अध्यक्षतमा आयोजना गरिएको अन्तरक्रियामा गरिब घर परिवार पहिचान तथा गरिव परिचयपत्र वितरण कार्यक्रमका प्रशिक्षक माधव डाँगीले सो कार्यका लागि बाँकेका सबै स्थानीय तहमा गणक ८० जना र १२ जना सुपरिवेक्षक छनौट गरी उनीहरुलाई असारको २५ गतेदेखि नै कार्यक्षेत्रमा खटाईने गरी तयारी गरिएको जानकारी दिए । ‘गणक र सुपरिवेक्षकले ५ दिनको सैद्धान्तिक तथा प्रयोगात्मक तालिम लिएर जिल्लाका सबै वडा–वडामा जाने तयारी भएको छ’–उनले भने ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीबास्तबले गरिब घर परिवार पहिचान तथा गरिव परिचयपत्र वितरण कार्यक्रम सञ्चालनको बारेमा जानकारी दिन अन्तरक्रियाको आयोजना गरी सबै स्थानीय तहका प्रमुख उप–प्रमुख र प्रशाशकिय अधिकृतलाई बोलाईएको भए पनि दुई वटाबाट मात्र प्रतिनिधित्व भएको बताए । ‘सबै स्थानीय तहबाट सहभागिता हुनको लागि खबर गरिएको भएपनि राप्ती सोनारी र डुडुवा गाउपालिकाबाट मात्र प्रतिनिधित्व भएको छ । अन्य स्थानीय तहको प्राथामिकतामा यो कार्यक्रम नपरेको जस्तो उहाँहरुको अनुपस्थितिले जनाए पनि जिल्ला समन्वयको तर्फबाट जानकारी गराउने र कार्यक्रम लागू गर्ने छौ’– उनले भने ।
जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहदुर घर्तीले सहजिकरण गरेको सो कार्यक्रमा जिल्ला समन्वय समितिका सह–संयोजक ज्ञानेन्द्र चौधरी लगायतको उपथितिमा सम्पन्न अन्तरक्रियामा जिल्लाका सबै वडातहमा गरिब घर परिवार पहिचान तथा गरिव परिचयपत्र वितरण कार्यक्रम लागू गर्नको लागि तीब्र रुपमा आवश्यक प्रक्रिया सुरु गर्ने भएको छ ।