४५ करोड हिनामिना प्रकरणमा ‘हरदेवबक्स’ पक्राउ

२७ असार २०७७, शनिबार १५:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित सहकारी बित्तिय विकास संस्था लिमिटेडका अध्यक्ष पक्राउ परेका छन् । संस्थाको ४५ करोड रकम हिनामिना गरेको आरोपमा सञ्चालक समितिका संस्थापक अध्यक्ष हरदेवबक्स चौधरीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
उनी सहकारीको रकम हिनामिना प्रकरणपछि फरार रहेको थिए । प्रहरीको खोजी सूचीमा रहेका संस्थापक अध्यक्ष चौधरी नेपालगञ्जमै रहेको सुराकीका आधारमा प्रहरीले शनिवार विहान उनलाई जमुनहाबाट पक्राउ गरेको बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष खड्काले बताए ।
उक्त रकम हिनामिना घटनामा आरोपितमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । चौधरीमाथि थप अनुसन्धान भइरहेको छ । यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ ।
उनीहरु कारागारमा सजाय भोगिरहेका छन् । अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणी बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख धरौटी मागिएको छ । बज्राचार्य २० लाख नगद धरौटी बुझाएर रिहा भएका छन् ।
जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र संगठित अपराधअन्तर्गत अभियोग पत्र दायर भएको थियो ।

Next Post

शनिवार ७० जनामा मात्र कोरोना पुष्टि

२७ असार २०७७, शनिबार १५:१७
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो २४ घन्टामा ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका ७० जनासहित संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको जानकारी दिए । संक्रमितमध्ये […]

सम्बन्धित