बबई नदीमा डुबेर बेपत्ता भएका तीन जना अझैं भेटिएनन्

सदरलाइन संवाददाता २९ श्रावण २०८०, सोमबार १७:०५
 

बर्दिया : आइतबार बबई नदीमा दाउरा समात्ने क्रममा भेलले बगाएर बेपत्ता भएकाहरू अझैं भेटिएका छैनन् । नेपालतर्फ बर्दिया क्षेत्रमा नभेटिएपछि उनीहरुलाई नदीले बगाएर भारत पु¥याएको हुनसक्ने आशंका गरिएको छ ।

बबई नदीले सर्तकता तह पार गरेको अवस्थामा दाउरा छोप्ने क्रममा गुलरिया नगरपालिका निवासी ३ जना पुरुषलाई नदीको भेलले बगाएपछि उनीहरु बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराका अनुसार गुलरियाको वडा नम्बर २ निवासी २७ वर्षीय महेश चौधरी बैरीयाघाट,वडा नम्बर ८ निवासी २३ वर्षीय अक्षय चौधरी थपुवाघाट र वडा नम्बर १२ का ३० वर्षीय बालकृष्ण थारु भैसाही घाटबाट नदीमा बगेर बेपत्ता भएका हुन् ।


नदीमा बेपत्ता तीनैजना युवकको खोजी कार्य भइरहेको डीएसपी बोहराले जानकारी दिए । सुरक्षाकर्मीले तत्काल मोटरबोटको सहायताले खोजी गर्दा समेत फेला पार्न नसकेको उनको भनाई छ । यतिखेर बबई नदीको जल सतह घटेर सतर्कतातह भन्दा कम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वनसँग सहकार्य नगर्दा विकास निर्माणमा ढिलाइ

२९ श्रावण २०८०, सोमबार १७:०५
नेपालगञ्ज : लुम्बिनी प्रदेशले शुरु गरेका अधिकांश विकासका आयोजना वन कार्यालयसँग समन्वय गर्न नसक्दा अघि बढ्न सकेका छैनन् । बजेट निर्माण गर्दा विकास गर्ने ठाउँको टुङ्गो नलाग्दै बजेट छुट्याउने र ठेक्कापट्टा गरिसकेपछि ठाउँको खोजी गर्ने प्रवृत्तिले एकातिर बजेट खर्च हुन नसक्ने र अर्काेतिर स्थानीय बासिन्दाले सेवा नपाउने स्थिति पैदा भइरहेको […]