नरैनापुरको लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार सेवा सुरु गरिदै

२५ असार २०७७, बिहीबार ०७:४३
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा रहेको लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार सुरु गरिने भएको छ । पाँच नंम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले सर्पदंशको उपचारमा आवश्यक पर्ने उपकरण सोही क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद कृष्णा केसी नमुनाको पहलमा उपकरण उपलब्ध गराएपछि सो संभव भएको हो ।

लामो समयको अन्तरालपछि कोरोनाको कहरकै बीचमा विद्युत र कालोपत्रे बाटो एकैपटक पुगेको नरैनापुरमा बाटोको अभावका कारण वर्षायाममा सर्पदशंका कारण धेरैले ज्यान गुमाएपछि प्रदेश सभा सदस्य नमुनाले आफ्नो पहलमा लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा स्थापना गर्ने गरी सो उपकरण ल्याई पुराएको हो ।

प्रदेश सभा सदस्य नमुनाले बुधबार स्वास्थ्य केन्द्रमा गाउपालिकाका प्रमुख मो ईस्तियाक अहमद शाह, प्रशाशकिय अधिकृत मणिराम खरालको नेकपाका युवा नेता सूर्य प्रकाश घर्तीलगायतको उपस्थितिमा स्वास्थ्य केन्द्रका निमित्त प्रमुख प्रेमप्रसाद पंगालीलाई सर्पदंशको उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण हस्तान्त्रण गरेकी हुन ।

उनले सो अवसरमा सुगम जिल्लाको बिकट परिचय पाएको नरैनापुरको अवका दिनमा परिचय बदलिएको बताउदै भनिन–‘ कुनै बेला थियो नरैनापुर पुग्न बाटोको अभावले दिनभरी लाग्थ्यो, भारतीय भुमि प्रयोग गरेर आउनु पर्दथ्यो तर, आज अवस्था बदलिएको छ । नेपालगञ्जबाट मुस्स्किलले एक घण्टामा पुग्न सकिन्छ । बाटो पुग्यो विद्युत पुग्यो अव स्वास्थ्य र शिक्षामा गुणस्तरियता कायम गर्न बाँकी छ । त्यसको लागि पनि पहल जारी छ ।’

उनले समग्र नरैनापुरका जनतालाई लक्षित गरी विषेशज्ञ सेवा सहितको स्वास्थ्य सेवा दिने गरी लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्नको लागि आफुले प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत पहल सुरु भएको समेत जानकारी दिईन ।


उनले भनिन–‘ यस स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्नको लागि प्रदेश सरकारले पहल सुरु गरेको छ । चाँडैनै विषेशज्ञ सेवा सहितको स्वास्थ्य सेवा दिने तयारी गर्दै आधुनिक सेवा सहितको एम्बुलेन्स सञ्चालनमा ल्याईने छ । त्यसको लागि प्रदेशको संसद विकास कोषबाट रकम समेत उपलब्ध गराएको छ ।’ उनले आगामी अशोज भित्र आधुनिक सुविधा युक्त एम्बुलेन्स आईसक्ने दाबी गरिन ।

केही समय पहिलासम्म विद्युत, बाटोघाटो र दक्ष चिकित्सकको अभाव झेलेको नरैनापुर गाउपालिकाले कोरोनाको कहरसंगै विकासमा फड्को मार्दा स्वास्थ्य केन्द्र स्तरोन्नती गर्न आवश्यक देखिएको हो ।

सो अवसरमा बोल्दै नरैनापुर गाउपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले नरैनापुरमा बाटो र विद्युत पुगेसंगै पहिलो पटक राज्यको मूल प्रवाहमा जोडिएको महशुस भएको बताए । उनले अव नरैनापुरको चौतर्फि विकासको लागि सबैको सहयोग आवश्यक रहेको औल्याउदै लक्ष्मणपुर स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्न आफुले पनि पालिकाको तर्फबाट पहल गर्ने बताए ।

उनले भने–‘अव नरैनापुरमा गुणस्तरीय शिक्षा र गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न सके यहाको काया पलट हुने थियो । यो एक्लै पालिकाको पहलले मात्रै संभव नभएकोले प्रदेशले पनि विषेश योजना र पहल गर्न आवश्यक छ ।’

गत जेठ महिनाको पहिलोसाता एक जनाको मृत्युसंगै १ सय १८ कोरोना संक्रमित फेला परेको नरैनापुरमा जेठको अन्तिम साता विद्युत र बाटो एकैपटक पुग्दा सोही समयमा सो स्वास्थ्य केन्द्रले पनि एमबिबिएस डाक्टर समेत पाएको थियो ।

Next Post

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबारे भारतीय टीभीमा आपत्तिजनक टिप्पणी

२५ असार २०७७, बिहीबार ०७:४३
काठमाडौं : भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक मर्यादासमेत ख्याल नगरिकन अनर्गल प्रचार गरेको हो । ‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्ट […]

सम्बन्धित