सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घन्टामा ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका ७० जनासहित संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको जानकारी दिए । संक्रमितमध्ये ८ हजार ४ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।


