सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके कोरोनामुक्त भनिएपनि बुधवार नेपागञ्जमा दुई जना संक्रमित भेटिएका छन् । भेरी अस्पताल नेपालगञ्जका अनुसार नेपालगञ्ज वडा नं. १४ का २२ र ४५ वर्षीया दुई जना महिलामा कोरोना संक्रमण भेटिएको हो ।
मंगलवार बेलुकासम्म नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा र नरैनापुर गाँउपालिकालाई कोरोनामुक्त भएको बताईएको थियो । यद्यपी त्यसकै भोलीपल्ट आज पुनः कोरोना संक्रमित भेटिएका छन् ।
यसैबीच बुधवार बैजनाथको बनकटवा आईसोलेशनबाट ७ र कोहलपुरको पिपरीबाट २ जना गरी ९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् ।




