सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ । बिहीवार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी)को बैठकले आइतवारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।
लकडाउन खोलेसँगै जिल्लामा एक्कासी कोरोना संक्रमित बढ्न थालेपछि आइतवारदेखि निषेधाज्ञा लगाउनु पर्ने अवस्था आएको कुरुम्वाङले बताए ।


