सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : डिएसपीसहित ८ जना प्रहरीको हत्या गरि फरार रहेका भारतका मोस्ट वान्टेड अपराधी विकास दुबे प्रहरीको इन्काउन्टरमा मारिएका छन् । उज्जैनबाट दुबेलाई लिएर प्रहरीले कानपुर जाँदै थियो ।
दुबेलाई लिएर जाँदै गरेको एसटीएफको गाडी शुक्रवार बिहान ६ बजे दुर्घटनाग्रस्त भएको थियो । घटनापछि पुलिसको पेस्तोल खोसेर दुबे भाग्न खोजेकोले जवाफी कारवाहीमा दुबे मारिएको भारतीय प्रहरीले जनाएको छ ।
दुबेको कम्मर र छातीमा गोली लागेको थियो । उनलाई अस्पताल लैजाँदै गर्दा बिहान ७ बजेर ५५ मिनेटमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुबेलाई बिहीवार बिहान प्रहरीले मध्य प्रदेशको उज्जैनस्थित महाकाल मन्दिरबाट गिरफ्तार गरेको थियो ।
गत बिहीवार दुबे समुहले एक डिएसपीसहित ३ इन्स्पेक्टर र ४ जना प्रहरी जवानलाई मारेको थियो । आक्रमणमा केही प्रहरीहरु घाइते छन् ।


