२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

फाप्ला क्रिकेट मैदानको अठार करोड ‘फ्रीज’



सदरलाइनडटकम,
कैलाली : सुदूरपश्चिम प्रदेशको खेलकुद र पर्यटनसँग जोडिएको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रगंशला बनाउने प्रक्रिया जग्गा प्राप्तिमै अल्झिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय गौरवको योजनामा राखेको फाप्ला क्रिकेट मैदानका लागि हालसम्म जग्गासमेत प्राप्त गर्न सकेको छैन ।
फाप्ला क्रिकेट मैदानका लागि जग्गा प्राप्ति नहुँदा आर्थिक वर्ष ०७५/७६ मा स्थानीय प्रदेश र केन्द्र सरकारले विनियोजन गरेको १८ करोड बजेट फ्रीज भएको छ । सुदूरपश्चिममा क्रिकेटप्रतिको आकर्षण बढेसँगै यस क्षेत्रमा राष्ट्रियस्तरका ठूला प्रतियोगिता समेत हुन थालेपछि क्रिकेट मैदानको आवश्यकता महसुस गर्दै कैलाली जिल्ला खेलकुद विकास समितिले फाप्ला क्रिकेट मैदानमा केही लगानी गरेर निर्माण थालेको थियो ।
तर फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला भएको हेर्न चाहने यस क्षेत्रका नागरिकको आशा पूरा हुने समय भने लम्बिदै गएको छ । तीनै तहका सरकारले बजेट विनियोजन गरे पनि बजेट कार्यान्वयनका लागि जग्गा नै प्राप्त नगर्दा मैदान निर्माणको काम अगाडि बढ्न सकेको छैन ।
सरकारकै कमजोरीका कारण फाप्ला अन्तर्राष्ट्रिय रगंशालाको काम अगाडि बढ्न नसकेको बताउँदै कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले जग्गा प्राप्त गरेर प्रदेश र केन्द्र सरकारले फाप्ला अन्तर्राष्ट्रिय रगंशाला निर्माणमा चासो दिनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : २०७६ साउन ४ गते शनिबार
ताजा समाचार