२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

मर्यादित महिनावारी !



माया शर्मा, मानव अधिकारको क्षेत्रमा कार्यरत

महिनावारी नियमित प्रकिया हो भन्ने मलाई पहिले नै थाहा भएको भए

महिनावारी सृष्टिको प्रमुख आधार र स्रोत हो भन्ने मलाई पहिलने नै थाहा भएको भए

महिनावारी पवित्र हो, अपवित्र होइन भन्ने मलाई पहिले नै थाहा भएको भए

हाम्रा हजुरबुवा, हजुरआमा, आमा, दिदी बहिनी तथा दाजुभाईहरूले महिनावारी पवित्रताको सम्बन्धमा पहिलने नै बुझाईदिएका भए

हाम्र्रा पण्डित तथा धार्मिक गुरुजनहरूले महिनावारी अपवित्रताका कथाको सट्टा पवित्रताका कथाहरू बेलैमा सुनाइदिएका भए

ज्ञानी, सज्जन, दार्शनिक तथा धार्मिक व्यक्तित्वहरूले महिनावारी पवित्रताको बारेमा बेलैमा बोलदिएका भए यो

ग, ध्यान र ज्ञानका विषयहरू विद्यालय शिक्षामा पहिले नै प्राथमिकता पाएको भए

हाम्रा नीति नियम, कानून, कार्यक्रम र बजेटमा महिनावारीका विषयले सायद पहिले नै प्राथमिकता पाएको भए

महिनावारी र स्वास्थ्य, महिनावारी र सरसफाई, महिनावारी र पोषण, महिनावारी र धर्मका विषयमा पहिले नै थाहा पाएकी भए

हाम्रा अग्रजहरूले मानव जन्मको आधार, कारण र उद्देश्यका बारेमा सायद पहिले नै मलाई बुझाइदिएका भए

मर्यादित र पवित्र महिनारी साथै यसको महत्वका बारेमा पहिले नै बुझ्न र जान्न पाएको भए

म आज सजिलै र सहजै रुपमा बुझदथेँ छाउपडी कुरीति र कुसंस्कारको उपज हो भनी

म आज सजिलै र सहजै रुपमा बुझ्दथे महिनावारी के हो र किन भनी, म आज सजिलै र सहजै बुझ्दथै पवित्र, अपवित्र तथा मर्यादित, अमर्यादित के हो भनी

म आज सजिलै र सहज रुपमा बोली रहेकी हुन्थेँ मर्यादित र पवित्र महिनावारी यो हो भनी,

म आज सजिलै र सहजताका साथ महिनावारी उत्सवको रुपमा मनाईरहेकीे हुन्थेँ ।

पवित्रताको रुपमा मनाईरहेकी हुन्थेँ, मनाईरहेकी हुन्थेँ, मनाईरहेकी हुन्थेँ ।

प्रकाशित मिति : २०७७ असार ७ गते आइतबार
ताजा समाचार