सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा अहिलेसम्मकै धेरै संक्रमित बिहीवार फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६ सय ७१ जना संक्रमित फेला परेका हुन् ।
योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५ सय ९१ जना पुरुष र ८० जना महिला रहेका छन् ।
मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ८६ पुगेको छ । जसमा ११४ जना महिला र १०७२ रहेका छन् ।
