सदरलाइनडटकम,
कोहलपुर (बाँके) : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा गत असार २ गते राती मृत्यु भएकी कोबिड १९ संक्रमित महिलाको बिहीबार बाँकेमा अत्यस्टि गरिएको छ ।
कैलाली लम्कीचुहा नगरपालिका वडा नंं. २ की ४३ वर्षिया ती महिला न्यूरो सम्बन्धित समस्याले ग्रशित रहेकी थिईन । उनको मृत्यु अघि संकलन गरिएको स्वाब परिक्षणको क्रममा उनी कोरोना पोजेटिभ भएको पुष्टि ३ गते बुधबार साँझ मात्र भएको थियो ।
मृतकको शव नेपाली सेनाको भैरवप्रसाद गणबाट खटेको विषेश टोलीले कोबिड १९ को निर्देशिका बमोजिम विषेश साबधानी अपनाउदै बाँकेको ढकेरी जंगलमा स–सम्मान व्यवस्थापन गरेको हो ।
बर्दियाको मानखोला नजिकको जंगलमा बुधवार बैजनाथ–६ की संक्रमित महिलाको अन्त्येष्टि गरिए पछि स्थानीयले विरोध जनाएकोले कैलालीकी महिलाको शव व्यवस्थापनमा समस्या आएको भएपनि बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग र नेपाली सेनाको भैरवप्रसाद गणका गणपति नकुल थापाको पहल र सक्रियताले गर्दा ती महिलाको शवको व्यवस्थापन ढकेरी नजिकको जंगलमा गरिएको हो ।
ती महिलाको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी र गणपति आफै फिल्डमा खटिएर शव व्यवस्थापन टोलीको हौसला बढाएका थिए ।
यता नेपालगञ्ज मेडिकल कलेजका सह निर्देशक डाक्टर नितेश कनोडियाले मृत्यु भएकी महिलाको टाउकोमा चोट लागेर रगत जमेको र उनलाई जेठ ३१ गते आइतवार अस्पतालमा ल्याएर भर्ना गरि उपचार सुरु गरिएको जानकारी दिए ।
उनको असार २ गते दिउँसो उनको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगञ्जमा परिक्षणका लागि लगिएकोमा बुधवार बेलुकी आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टी भएको थियो । योसँगै दुई दिनको अवधिमा मेडिकल कलेजमा मृत्यु भएका दुई महिलामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ ।