खजुरास्थित कपास विकास समिति खारेज

सदरलाइन संवाददाता १६ जेष्ठ २०८०, मंगलवार १५:२६
 

नेपालगञ्ज : बाँकेको खजुरामा केन्द्रीय कार्यालय रहेको कपास विकास समितिलाई खारेज भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणका क्रममा कपास विकास समितिलाई खारेज गरिएको घोषणा गरेका हुन् ।

सरकारले कपास विकास समितिसहित कुल २० वटा संस्थान र समितिलाई पनि खारेज गर्ने घोषणा गरेको छ । कपास विकास समितिको नाममा बाँके, बर्दिया, दाङ लगायत जिल्लामा हजारौं विघा जमिन रहेको बताइन्छ । समितिको जमिनलाई नक्कली भूमिहिन, सुकुम्बासीले कब्जा जमाएका छन् ।


समिति खारेज भएसँगै समितिको नाममा रहेको जग्गा जमिन लगायत चल, अचल सम्पत्ती के होला भन्नेमा बाँकेबासीको मनमा कौतुहलता जागेको छ । पछिल्लो समयमा कपास विकास समितिले आम्दानीको स्रोत बढाउन थालेको थियो । समितिका अध्यक्ष हेमन्तराज काफ्लेका अनुसार पछिल्लो समयमा समिति आत्मनिर्भरताको बाटोमा अग्रसर रहँदै गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बजेटमा बाँकेका दर्जनौं आयोजना प्राथमिकतामा

१६ जेष्ठ २०८०, मंगलवार १५:२६
नेपालगञ्ज : सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा बाँकेका ११ आयोजना प्राथमिकतामा परेका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गरेको बजेटमा बाँकेस्थित गौरवको सिक्टा सिँचाइ आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । यस आयोजनाका लागि आगामी आवमा रु ८० करोड विनियोजन भएको आयोजनाका सूचना […]