नाङ्गो दर्पण

सदरलाइन संवाददाता २० चैत्र २०८०, मंगलवार १८:०९
 

विमल हमाल ‘युरेनस , मुगु

हरेक उज्यालो दिनलाई
निशा सम्झने भ्रमका आखेटकहरु
सधै–सधै
चित्रण गर्छन,
फगत लहरीमा ।

ज्वाजल्यमान झै बनेर
समुहको एउटा नाङ्गो सपनामा
सधै देखाउछन,
बैभब भिडको तमासा
नाचेर उदण्ड चित्र ।


भन्छन,
कला मेरो, झुक्याउछ,
दोस्रो झुण्डको, तेस्रो बिचित्र खेल
छिन–छिनमा रुपान्तरिणत रे,
कतै समुह त,कतै झुण्डमा
पुनः देखाउछ ,
प्रति विम्वको नाङ्गो संकेत
अनि, रशिला बात फोेर्छ
झुटा अभिब्यक्तीमा लठेप्राहरु नचाउछ ।

भन्छ,
म, सधै दर्पण
देखाउछ उनी र उ ,
मुकुण्डो बेरेर
युग परिर्वतनकारी भन्दै
नाराको नाङ्गो दर्पण ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गर्मीसँगै नेपालगञ्जमा तर्बुजाको व्यापार बढ्यो

२० चैत्र २०८०, मंगलवार १८:०९
नेपालगञ्ज  : गर्मी बढेसँगै केही दिनदेखि यता नेपालगञ्ज बजार क्षेत्रमा तर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीका कारण दैनिक तर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन् । चैत महिना लागेसँगै तर्बुजाको व्यापार शुरु गरेका नेपालगञ्जका रहिम कबडियाका अनुसार अहिले दैनिक चार हजारदेखि बढीको तर्बुजाको बिक्री […]