बाढीपहिरोमा परी ८८ जनाको मृत्यु, ३० अझै बेपत्ता

सदरलाइन संवाददाता ४ कार्तिक २०७८, बिहीबार १२:५२
 

नेपालगञ्ज : बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट बिहीबार बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन्। अधिकांशको पहिराका कारण ज्यान गएको हो । बिहीवार मात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मंगलबार १४ को मृत्यु पुष्टि भएको थियो । विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३–१३ जनाको मृत्यु भएको छ ।


यस्तै, कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए। विपद्बाट २० जिल्ला प्रभावित भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् ।

पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । बिहीवारबाट भने मौसममा सुधार आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवामा घरदैलो व्यक्तिगत घटना दर्ताको दोस्रो चरणको अभियान शुरु

४ कार्तिक २०७८, बिहीबार १२:५२
डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले अनलाईन व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरणको दोस्रो चरणको अभियान शुरु गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको वडानं.२ सन्तलिया गाउँका पाटनदिन बर्माको छोरीको जन्मदर्ता प्रमाणपत्रको विवरण संकलन फारम प्रदान गर्दै अभियानको शुभारम्भ गरेका हुन । अभियानको सुरुवात गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि […]