सदरलाइनडटकम,
नेपालगञ्ज : बर्दियामा बुधवार एकैदिन थप ३१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका ३१ र बाँकेका १ गरि ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँके बैजनाथ ६ की ४६ बर्षीया एक महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा मंगलवार मृत्यु भएको थियो । उनको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएपनि उनी ‘लुपुस नेफ्रिटिस’ जस्ता दीर्घ रोगबाट ग्रसित रहेको भेरी अस्पतालले जनाएको छ ।
यसैगरी बर्दिया बढैयातालका २६ जना, राजापुरका १ र बासगढीका ४ गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

