किश्चियन समुदायद्वारा आइतवार क्रिसमस डे मनाईंदै

सदरलाइन संवाददाता १० पुष २०७९, आईतवार १३:२९
 

नेपालगञ्ज : क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मदिनको सम्झनामा आइतबार क्रिसमस डे मनाइँदैछ । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले यो चाड मनाउँछन् ।

२०२२ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको दिनको अवसरमा सबैको कल्याण होस् भन्ने कामनासहित चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस मनाइन्छ ।


क्रिसमस डे नेपालमा भने वि.सं. २०६३ पछि महासंघले महोत्सवका रूपमा मनाउन थालिएको हो । क्रिसमसका अवसरमा पर्यटकीय क्षेत्र ठमेल, पोखरा, सौराहालगायत स्थलमा रमझम देखिएको छ ।

क्रिसमसको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा प्रक्रिया पुरा गर्न मात्रै धान खरिद

१० पुष २०७९, आईतवार १३:२९
नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रक्रिया पुरा गर्न मात्रै धान खरिद गरिदिँदा बाँकेका किसान मारमा परेका छन् । खाद्यले धान किन्न शुरु गरेपछि खुशी भएका किसान आफुसँग भएको सबै धान बेच्न नापाएपछि चिन्तित भएका हुन् । खाद्यले एक किसानको ३० क्वीन्टलमात्र धान खरिद गर्ने नियम बनाएको छ […]