योग शिविरले आईसोलेशन सेन्टर र क्वारेन्टाईनमा बसेकालाई तनाव मुक्त गरिदै

३ असार २०७७, बुधबार ०७:३१
 

सदरलाइन / रुद्र सुवेदी,
नेपालगञ्ज : बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि जिल्लाका क्वारेन्टाइनमा बसेका व्यक्ति तथा संक्रमणमा परेर आईसोलेशन सेन्टरमा बसेकालाई लक्षित गरी तनाव व्यवस्थापनका लागि योग शिविर कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको लक्षण नदेखिएका तर कोरोना पुष्टि भएकाहरु जो आईसोलेशन सेन्टरमा बस्दै आएका छन् उनीहरुको मनोबल उच्च बनाउदै योगको माध्यामबाट तनाब व्यवस्थापन गर्ने उदेश्यले योग कार्यक्रम सञ्चालनमा ल्याएको बाँके आयुर्बेद स्वास्थ्य केन्द्र नेपालगन्जका प्रमुख डा.अनिलकुमार चौधरीले जानकारी दिए ।

उनले कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमित रहेका राप्तीसोनारी गाउपालिकाको वडा नं.७ नेरामावि सर्रीमा स्थापना गरेको आईसोलेशन सेन्टरका एक महिलासहित १६ जना र क्वारेन्टाईनमा रहेका १४ जनालाई पतन्जली योग समिति बाँकेसंगको सहकार्यमा पाँचदिने योग प्रशिक्षण कार्यक्रम सुरु गरिएको बताए ।

उनले भने–‘क्वारेन्टाईनमा बसेका र कोरोना पुष्टी भएकाहरुको मनोबल बढाउन योग प्रशिक्षण कार्यक्रम सचालनमा ल्याईएको हो । यसले मानिस भित्र रहेको तनावलाई हटाई अत्मबल सँगै शरिरलाई नयाँ उर्जा दिने भएकोले योग कार्यक्रम सुरु गरिएको हो ।’

बाँके आयुर्बेद स्वास्थ्य केन्द्र नेपालगन्जले कोहलपुरका ३, बैजनाथका ४, जानकीमा १, डुडुवामा २ ठाउमा रहेका आईशोलेशन तथा क्वारेन्टाईनमा रहेकाको तनाव व्यवस्थापनको लागि योग कार्यक्रम सञ्चालन गरीसकेको र त्यहाँ रहेका व्यक्तिहरुलाई र रोग प्रतिरोधात्मक तथा शक्ति बद्र्धक औषधि बितरण गरिएको बाँके आयुर्बेद स्वास्थ्य केन्द्रका कबिराज निरिक्षक बसन्त पौडेलले जानकारी दिए ।


उनले भने–‘ क्वारेन्टाईनमा बसेकालाई लक्षित गरी आयुर्वेदीक औषधि जो रोग प्रतिरोधात्मक क्षमता बढाउने र आईशोलेशनमा बसेकालाई रोग प्रतिरोधात्मक तथा शक्तिबद्र्धक औषधि बितरण गरिएको छ । आयुर्वेदीक औषधिका कारण उहाँहरुले कोरोनालाई सजिलै जितेर आउनु हुनेछ ।’

सो आईशोलेशनमा बस्दै आएका कोरोना संक्रमितहरुले आफुहरुलाई आयुर्वेदले सञ्चालन गरेको योग प्रशिक्षण कार्यक्रमले मनोबल बढ्नुको साथै केही मनोरञ्जन समेत भएको प्रतिक्रिया दिए । उनीहरुले संक्रमित भएपछि आईसोलेशनमा बसेको बताउदै आफुमा कुनै लक्षण नभएको र बस्ने मात्र गर्दा मन खिन्न हुने अवस्थालाई योग प्रशिक्षणले धेरै सहज बनाएको बताए ।

राप्ती सोनारी गाउपालिका–७ का वडा अध्यक्ष रामलखन थारुले आईसोलेशन र क्वारेन्टाईनमा बसेकाहरुको तनाब कम गर्नको लागि आयोजना गरिएको योग कार्यक्रमले धेरै सहज हुनुको साथै उनीहरुको मनोबल बढेको पाईएको बताए । उनले भने–‘ आईसोलेशनमा बस्दा वा क्वारेन्टाईनमा बस्दा तनाब भएको महशुस नहोस भनेर वडाको आग्रहमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले योग तथा शत्तिबद्र्धक औषधि वितरणको कार्यक्रम लिएर आएकोमा धन्यबाद दिए ।

बाँके आयुर्बेद स्वास्थ्य केन्द्र नेपालगन्जका योग प्रशिक्षक बरिष्ठ बैद्य बामदेव शर्मा, बैद्य भरत पोख्रेल, पतंजली योग समिति बाँकेका अध्यक्ष हरपाल सिंह, पतंजली योग समिति प्रदेश नंं ५ का प्रदेश प्रभारी दुर्गा चौधरी लगायतले योग प्रशिक्षण दिई रहेका छन । सो प्रशिक्षण पाँचदिनसम्म सञ्चालन हुने भएको छ । राजधानी दैनिकबाट

Next Post

क्यान्सर पीडितलाई नेकपाको सहयोग

३ असार २०७७, बुधबार ०७:३१
सदरलाइनडटकम, खजुरा (बाँके) : नेकपा खजुराले क्यान्सर पीडित खजुरा ३ की उर्मिला लामिछानेलाई आर्थिक सहयोग गरेको छ । वडा नं. ३ धौलागिरी निवासी उर्मिलाई बुधवार विहान घरमा पुगेर ३१ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको हो । नेकपा खजुरा गाउँपालिका वडा नं. ३ को अगुवाईमा संकलित उक्त रकम नेकपा बाँकेका […]