सदरलाइनडटकम,
खजुरा (बाँके) : नेकपा खजुराले क्यान्सर पीडित खजुरा ३ की उर्मिला लामिछानेलाई आर्थिक सहयोग गरेको छ । वडा नं. ३ धौलागिरी निवासी उर्मिलाई बुधवार विहान घरमा पुगेर ३१ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको हो ।
नेकपा खजुरा गाउँपालिका वडा नं. ३ को अगुवाईमा संकलित उक्त रकम नेकपा बाँकेका सचिवालय सदस्य होमनाथ सापकोटा, खजुराका इञ्चार्ज भीम ओली, नेकपा खजुराका अध्यक्ष राजकुमार विक, जिल्ला कमिटि सदस्य तथा खजुरा ३ नेकपा इञ्चार्ज टंक पोख्रेल, जिल्ला कमिटि सदस्य तथा सहइञ्चार्ज भक्तबहादुर केसी, नेकपा खजुरा गाउँपालिका वडा नं. ३ का अध्यक्ष पूर्ण भण्डारी र सचिव लेखनाथ सापकोटाले बिरामी उर्मिलालाई हस्तान्तरण गरेका हुन् ।
नेकपा खजुराले पहिलो चरणमा सो रकम हस्तान्तरण गरेको र अब पुनः थप रकम संकलन गरी हस्तान्तरण गरिने नेकपा वडा नं. ३ का इञ्चार्ज पोख्रेलले जानकारी दिए ।
