बाँकेका ३१ परीक्षा केन्द्रबाट एसईईको परीक्षामा ८ हजार ७ सय ३७ सहभागी

३ चैत्र २०७३, बिहीबार १०:४६
 

सदरलाइनडटकम 
३ चैत्र, नेपालगन्ज : बाँकेमा माध्यामिक शिक्षा परीक्षा (विगतको एसएलसी) मा जिल्लामा विभिन्न परीक्षा केन्द्रबाट करिब ९ हजार सहभागी हुने भएका छन् । बिहीबार पहिलो दिन उनीहरुले अंग्रेजी विषयको परीक्षा दिए ।
स्कुले जीवनमा फलामे ढोकाको नामबाट परिचित प्रवेशिका परीक्षा (एसएलसी) हालको माध्यामिक शिक्षा परीक्षा (एसइई) बाँकेबाट जिल्ला शिक्षा कार्यालय बाँकेले दिएको जनाकारी अनुसार यो वर्षको माध्यामिक शिक्षा परीक्षमा ८ हजार ७ सय ३७ जना सहभागि भएका छन् । यी मध्ये ७ हजा ४ सय ३७ नियमित तर्फ र १ हजार ३ सय एक्जाम्टेड तर्फका परीक्षार्थी रहेका छन् ।
बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले सबै परीक्षार्थीलाई जिल्लाको विभिन्न ३१ परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको बताए । उनले परीक्षा केन्द्रमा शान्ति सुरक्षा कायम गर्नको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परीचालन गरेको जानकारी दिए ।
‘विगतको जस्तो महत्व यो परीक्षाकोे नभए पनि परीक्षालाई मर्यादित बनाउन विगतकै संरचनामा परीक्षा सञ्चालनको ब्यवस्था मिलाईएको छ’–उनले भने । जिल्लाका केही विद्यालयका विद्यार्थीको फारम र रजिष्ट्रेशन ढिलो गरी आएको कारण परीक्षा केन्द्रमा परीक्षा दिन पुगेका परीक्षार्थीहरु केहीबेर अन्यौलमा परेका थिए ।



महााजा मावि पुरैना परीक्षा केन्द्रमा परीक्षा दिन पुगेका शहिद मावि कम्दीका एक्जाम्टेड तर्फका १३ जना र नियमित तर्फका १ जना गरी १४ जना परीक्षार्थीको सो केन्द्रमा नाम नै नपुगेपछि उनीहरुको परीक्षा सञ्चालनको लागि केही समय केन्द्रलाई तनाब भएको केन्द्रध्यक्ष हरिहर दिक्षितले जानकारी दिए । उनले भने–‘शिक्षा कार्यालयसंगको समन्वयमा उनीहरुलाई परीक्षा दिने बाताबरण मिलएर परीक्षा दिन लगाएका छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवैध भारतीय रुपैयासहित चार पक्राउ

३ चैत्र २०७३, बिहीबार १०:४६
सदरलाइनडटकम     ३ चैत, नेपालगन्ज : अञ्चल प्रहरी कार्यालय भेरीबाट सुराकीको आधारमा खटेको विषेश टोलीले अबैध भारतीय मुद्राको कारोबार गर्ने चारजनालाई नेपालगन्जको धम्बोभीचोक र घरबाटीटोलबाट नियन्त्रणमा लिएर अनुसंन्धान अघि बढाएको छ । अञ्चल प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक महेश विक्रम शाहले दिएको जानकारी अनुसार नेपालगन्जमा अवैध भारतीय रुपैयाँको […]