बाँकेका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारीलाई तनाव व्यवस्थापन अभिमुखिकरण

सदरलाइन संवाददाता २ पुष २०७९, शनिबार १८:२९
 

 

नेपालगञ्ज :  बाँकेका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत, तथा सेवा प्रवेश गरेका कर्मचारीहरुका लागि एक दिने सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखिकरण आयोजना गरिएको छ ।

प्रदेश सुशासन केन्द्र नेपालगञ्जको आयोजना गरेको सो कार्यक्रममा करिव २ सयको सहभागिता रहेको लुम्बिनी प्रदेश सुशासन केन्द्र नेपालगञ्जका कार्यकारी निर्देशक कमान सिंह थापामगरले जानकारी दिए ।

उनले प्रदेश सरकारले सरकारी कार्यालयका कर्मचारबाट दिईने सेवाको गुणस्तर बृद्धि गरी सेवा प्रवाहमा सुशासन, पारदर्शी र सकारात्मक उर्जाका साथ सेवाप्रवाह गर्न सक्षम होस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।


लुम्बिनी प्रदेश सुशासन केन्द्र नेपालगञ्जको हाता भित्र सम्पन्न भएको सो कार्यक्रममा चर्चित मोटिभेटर नरबहादुर कार्कीले प्रशिक्षण दिएका थिए । यस्ता प्रशिक्षणले कार्य क्षेत्रमा तनाव रहित सकारात्मक सोचका साथ सेवा प्रवाह गर्नको लागि अभिप्रेरित हुने सहभागिहरुको विश्वास छ ।

कार्यक्रममा बाँकेका आठ वटै पालिकाका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत, तथा सेवा प्रवेश गरेका कर्मचारीहरुको सहभागिता रहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा जीपको ठक्करबाट महिलाको मृत्यु

२ पुष २०७९, शनिबार १८:२९
नेपालगञ्ज : बाँकेको कोहलपुरमा पिकअप भ्यानको ठक्करबाट एक महिलाको ज्यान गएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा १ ञ २४३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ की उषा गुरुङको शनिवार घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ठक्कर दिएर भागेको भ्यानलाई रातीनै प्रहरीले नियन्त्रणमा लिएको […]