कोहलपुरमा गुणस्तरीय स्यानिटरी प्याड वितरण

सदरलाइन संवाददाता ११ फाल्गुन २०८०, शुक्रबार १७:४९
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण गरेको छ । नगर शिक्षा तथा खेलकुद शाखाले विद्यालयका प्रतिनिधिहरुलाई शुक्रवार नगरपालिकामा बोलाएर स्यानिटरी प्याड वितरण गरेको नगर शिक्षा अधिकृत शीला गौतमले जानकारी दिइन् ।

उनका अनुसार कक्षा ६ देखि १२ कक्षाका किशोरीहरुलाई लक्षित गरेर ७५ हजार ७०० प्याकेट स्यानिटरी प्याड वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत छात्राहरुको अनुपात अनुसार प्याड वितरण गरिएको पनि उनको भनाइ छ । साढे ५९ लाख बजेटबाट आगामी भदौ महिनासम्म पुग्ने गरी पाँच हजार २३२ जना छात्राहरुलाई पुग्ने गरी स्यानिटरी प्याड वितरण गरिएको गौतमले बताइन् ।

स्यानिटरी प्याड वितरण कार्यक्रमलाई सम्वोधन गर्दै कार्यवहाक नगर प्रमुख संगीता सुवेदीले यो पटक गुणस्तरीय प्याड वितरण गरिएको बताए । गतवर्ष गुणस्तरहीन प्याड खरिद गरेका कारण समस्या भएको स्मरण गर्दै उनले यो पटक अत्यन्तै गुणस्तरीय प्याड वितरण गर्न पाउँदा आफु खुशी भएको बताए । गतवर्ष खरिद कम्पनीले गुणस्तरहीन प्याड खरिद गरेका कारण उक्त कम्पनीको ११ लाख ६५ हजार धरौटी जफत गर्दै नगरपालिकाले कालो सूचिमा राखेको थियो ।


विद्यालयमा पुग्दा पनि छात्राहरुले गुणस्तरीय प्याड नपाएको गुनासो सुनाउने गरेको भन्दै यो पटक त्यस्तो अवस्थाको अन्त्य भएको उनको भनाइ छ । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले प्याड वितरणसँगै त्यसको डिस्पोजका निमित्त मेसिनको समेत व्यवस्थापन गरिएको बताए ।

यो पटक १३ वटा मेशिन विद्यालयलाई वितरण गर्न लागिएको उनको भनाइ छ । केही प्राविधिक जाँच पनि ती मेशिनहरु वितरण गरिनेछ । यो वर्ष माध्यामिक विद्यालयमा मेसिन वितरण गर्न लागिएको जानकारी दिँदै उनले अर्को वर्षदेखि आभारभूत विद्यालयमा पनि मेसिन वितरण गर्ने योजनामा पालिका रहेको सुनाए ।

त्यसैगरी नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर हमालले प्याडको व्यवस्थापनमा ध्यान दिन विद्यालयलाई सुझाव दिए । प्याडको भण्डार राम्रोसँग नगरिँदा खेर जाने जोखिम बढी हुने भएकाले त्यसतर्फ बिद्यालय प्रशासनले ध्यान दिनुपर्ने उनको भनाइ छ । विद्यालयका प्रअ, शिक्षक, पत्रकारसम्मेलित उक्त कार्यक्रमको स्वागत मन्तव्य शिक्षा अधिकृत रविलाल मिजारले व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागूऔषधसहित जमुनाहाबाट एकजना पक्राउ

११ फाल्गुन २०८०, शुक्रबार १७:४९
नेपालगञ्ज : नेपालगञ्ज जमुनाहा नाकाबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहा टंकपसरी गाउँबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित भारत बहराईच रुपैडिहा थाना हासीयात टोल बस्ने २२ वर्षीय अनिस खानलाई बिहीबार बेलुकी पक्राउ गरेको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरो […]

सम्बन्धित