राप्तीनदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल स्थानान्तरण गर्नुपर्ने

सदरलाइन संवाददाता १३ भाद्र २०७८, आईतवार १६:२९
 
फाइल तस्बिर

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा पर्ने राप्ती नदी तटिय क्षेत्रका बासिन्दालाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको छ ।

राप्तीको समानान्तर वग्ने डुडुवा नालामा आएको बाढीले वस्ति र उर्वरखेती योग्य जमिन कटान गरिरहेपछि खतरा बढेको हो । डुडुवा नालाको बाढीले खासगरी खडैचा क्षेत्रमा तीब्र कटान गरेको छ ।


बाढी गाउँको नजिकै पुगेपछि त्यसक्षेत्रका स्थानीय जोखिममा परेका छन् । बाढीको कटान तीब्र बनेपछि कतिबेला गाउँनै बग्ने खतरा बढेको भन्दै स्थानीय चिन्तित छन् । यहाँका बासिन्दा, के खाने, कहाँ बस्ने भन्नेमा अन्यौलमा परेका छन् ।

बस्ति तीब्र कटान भइरहेकाले स्थानीय प्रहरी प्रशासनले बस्तिलाई जोखिम क्षेत्रबाट स्थानान्तरणको तयारी गरिरहेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । डुडुवा नालाले पहिले बनाएको तटबन्ध समेत भत्काइरहेको छ । जस्का कारण स्थानीयबासीहरु थप त्रसित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तलाउमा बालकको शव भेटियो

१३ भाद्र २०७८, आईतवार १६:२९
नेपालगञ्ज : बाँकेमा आइतवार एकजना बालक मृत अवस्थामा फेला परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहास्थित नजिकैको तलाउमा डुवेको अवस्थामा स्थानीय ९ वर्षीय बालक समिर राइ फेला परेका हुन् । ती बालक सुस्त मनस्थितिका भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खिमबहादुर घर्ति, जमुनाह प्रहरीका इन्चार्ज […]